आठ महिने तथ्याङ्क: देशभरबाट कुल १ हजार ८ सय १७ जुवाडे पक्राउ, गण्डकीमा २ सय ९९
२ करोड ६३ लाख ४५ हजार ४ सय १७ रूपैयाँ बरामद
पाेखरा | चैत २१, २०८०
पोखरा: चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिने अवधि) देशभरबाट कुल १ हजार ८ सय १७ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाबाट ७ सय ७९ जना, कोशी प्रदेशबाट १ सय १५ जना, बागमती प्रदेशबाट १ सय १३ जना, गण्डकी प्रदेशबाट २ सय ९९ जना पक्राउ परे ।
यस्तै लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १ सय ४ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन् ।
उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ ।
जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो ।
यस्तै जुवातास खेल्नेहरूबाट ५ सय ५४ बुक तास, २ सय ५० थान कौडा लगायतका समाग्री बरामद भएको छ ।
जसमध्ये काठमाडौं उपत्यकाबाट २ सय ७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

